October 19, 2026, Monday
KN hd tv

संसदीय दलको नेतामा मेरो दाबी रहन्छ : अर्जुननरसिंह केसी

काठमाडौँ : नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताका रूपमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वरिष्ठताका आधारमा उक्त पदमा आफ्नो दाबी रहने बताएका हुन् ।

उनका अनुसार लामो संसदीय अनुभव र योगदानका कारण नेतृत्वमा दाबी प्रस्तुत गर्नु स्वाभाविक प्रक्रिया हो । केसीले २०४७ सालपछि काँग्रेसको संसदीय यात्रामा आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गर्दै आफू अनुभवी नेतामध्ये पर्ने बताएका छन्।

0

शीर्ष समाचार

धेरै पढिएको