समानुपातिकका ११० सांसदलाई प्रमाणपत्र वितरण (फोटो फिचर)
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र प्रदान गरिएको छ।
निर्वाचन आयोगले आयोजना गरेको विशेष समारोहमा ६ राजनीतिक दलबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिएको हो। प्राप्त विवरणअनुसार रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४ जना सांसद निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले आजै निर्वाचन परिणामसहितको पूर्ण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ। प्रतिवेदन बुझाएसँगै संसदको पहिलो बैठक आह्वान र सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
-1773905693.jpeg)

प्रतिकृया दिनुहोस्