October 18, 2026, Sunday
KN hd tv

अनुशासन उल्लंघन गर्ने सांसदलाई फिर्ता बोलाउने रवि लामिछानेको चेतावनी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन भए फिर्ता बोलाउन सकिने संकेत गरेका छन् । उनले पार्टीका सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्यमा यस्तो चेतावनी दिएका हुन् ।

सभापति लामिछानेले सांसदहरूले अनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै पार्टीको दायरा विस्तार हुँदै सरकार सञ्चालनको जिम्मेवारीसमेत रहेको अवस्थामा प्रत्येक सांसदले जिम्मेवार व्यवहार गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा ६९ मा जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

उनले सांसदहरूको व्यक्तिगत स्वतन्त्रता सम्मानयोग्य रहने तर पार्टी अनुशासन कायम रहनुपर्ने स्पष्ट पारे । स्वतन्त्रता र अनुशासनबीच सन्तुलन आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन् ।

आगामी दिनमा पार्टीभित्र अनुशासन कडाइका साथ लागू गरिने र त्यसअनुसार सांसदहरूले मापदण्ड पालना गर्नुपर्ने उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको