October 19, 2026, Monday
KN hd tv

आज बस्ने रास्वपाको सचिवालय बैठकबाट समानुपातिक उम्मेदवार छनौट

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने।

बैठकमा समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ। साथै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने गरी पार्टी विधान संशोधनलगायत अन्य विविध विषयमा पनि छलफल हुने जनाइएको छ।

शीर्ष समाचार

धेरै पढिएको