October 17, 2026, Saturday
KN hd tv

गगन थापालाई सचिन तिमल्सिनाको सन्देश : तपाईंको पछाडि हामी थियौं, छौं र हुनेछौं

काठमाडौं : काठमाडौं ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले अनि नेपाली कांग्रेसको चुनावी परिणामको कारक माघ १–फाल्गुन २१ को क्रियाकलाप बिलकुल नभएको बताएका छन् । भदौ २३ निम्त्याउने कारक र यो नतिजाको कारक एउटै भएको उनको दाबी छ ।

सभापति गगन थापाले सभापति पदबाट राजिनामा दिने बताइरहेको बेला तिमल्सिनाले फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘तपाईँको पछाडि हामी थियौं, छौं र हुनेछौं ।’ तिमल्सिनाले समयको कारण नेपाली कांग्रेस फेरिएर आएको सन्देश सबै जनतामाझ पुर्‍याउन नसकेको बताएका छन् । भनेका छन्, ‘ समय यति थोरै भयो कि हामी फेरिएर आएको सन्देश सबै जनतामाझ पुर्‍याउन सकेनौं। दशक लगाएर बिगारिएको पार्टीको छवि डेढ महिनामा सुधार्न सम्भव नभएकै हो। अझ विशेष अधिवेशन पनि नभएको भए हाम्रो हालत के हुन्थ्यो भन्ने हरेक सच्चा कांग्रेसीले बुझेका छन्।’

सचिनको स्टाटस :

प्रिय गगन दाइ,

नेपाली कांग्रेस पार्टी पछिल्लो दशक धेरै ठाउँमा चुकेकै हो। अनि नेपाली कांग्रेसको चुनावी परिणामको कारक माघ १–फाल्गुन २१ को क्रियाकलाप बिलकुल होइन । भदौ २३ निम्त्याउने कारक र यो नतिजाको कारक एउटै हो। विशेष अधिवेशनले त हामीलाई जनतामाझ जाने ठाउँ दिएको हो।

चुनावी घरदैलोको दौरान सोधिएका प्रश्नहरू तपाईँ लक्षित थिएनन्, हाम्रो पूर्व नेतृत्व लक्षित थियो।

समय यति थोरै भयो कि हामी फेरिएर आएको सन्देश सबै जनतामाझ पुर्‍याउन सकेनौं। १ दशक लगाएर बिगारिएको पार्टीको छवि डेढ महिनामा सुधार्न सम्भव नभएकै हो। अझ विशेष अधिवेशन पनि नभएको भए हाम्रो हालत के हुन्थ्यो भन्ने हरेक सच्चा कांग्रेसीले बुझेका छन्।

सत्ताको प्रलोभन दिँदा पनि ठूलो राजनीतिक जोखिम मोलेर विशेष अधिवेशन गर्ने हाम्रो सभापति प्रति हामीलाई गर्व छ।

तपाईँको पछाडि हामी थियौं, छौं र हुनेछौं!

जय नेपाल!

शीर्ष समाचार

धेरै पढिएको