लिभरपुलमाथि उल्भ्स विजयी
- Khabar Nirantar
- २०८२ फाल्गुन २०
काठमाडौँः इंग्लिस प्रिमियर लिगको पुछारमा रहेको उल्भ्सले मंगलबारको खेलमा लिभरपुललाई २–१ ले पराजित गरेको छ । उल्भ्सको अब १६ अंक भएको छ । लिभरपुलका लागि च्याम्पियन्स लिग छनोटमा यो अर्को धक्का रहेको छ ।
लिभरपुल भने ४८ अंकमा पाँचौं स्थानमा रह्यो । उल्भ्सले रोड्रिगो गोमेसको गोलले अग्रता लिएपछि मोहमद सलाहले बराबरी गोल फर्काएको थियो । यस्तोमा आन्द्रेले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक गोल गरे ।
यो सिजन लिभरपुल ९० मिनेटपछिका गोलबाट पाँच खेलमा पराजित रहेको छ । अन्य खेलमा एभरटनले बर्नलीलाई २–० र सन्डरल्यान्डले लिड्स युनाइटेडलाई १–० ले हरायो । बर्नमाउथ र ब्रेन्टफोर्डका खेल भने गोलरहित बराबरीमा टुंगियो ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्