इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण
काठमाडौँ : इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीका अनुसार आक्रमण अचानक गरिएको थियो र इजरायली एयर फोर्स कमाण्डरको स्थानलाई पनि लक्ष्य बनाइएको थियो। आक्रमणपश्चात नेतन्याहूको अवस्था अस्पष्ट रहेको जानकारी आईआरजीसीले दिएको छ।
आईआरजीसीले टेलिग्राममार्फत् विज्ञप्ति जारी गर्दै भन्यो, ‘आपराधिक इजरायली प्रधानमन्त्रीको कार्यालय र एयर फोर्स कमाण्डरको स्थानलाई १०औँ लहरमा खेबर शेकान ब्यालेस्टिक मिसाइलद्वारा लक्षित र अचानक आक्रमण गरिएको छ।’
यो घटना व्यापक इजरायल–इरान द्वन्द्वको बीचमा आएको हो।
यसैबीच, राफायल ग्रोसीले इरानका आणविक सुविधासम्बन्धी अवस्था धेरै चिन्ताजनक भएको बताएका छन् । सम्भावित रेडियो विकिरण चुहिँदा ठूला क्षेत्र खाली गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
इरानका रेजा नजाफीले अमेरिकी र इजरायली सेनाले नातन्ज आणविक केन्द्रमा हमला गरेको पुष्टि गरेका छन्। इजरायलले हालसम्म नेतन्याहूको कार्यालय वा नातन्ज साइटमाथिको आक्रमण पुष्टि गरेको छैन।

प्रतिकृया दिनुहोस्