October 18, 2026, Sunday
KN hd tv

कार्तिक १ बाट स्याङ्जा प्रवेश गर्दा पिसिआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौं– कार्तिक १ बाट जिल्ला प्रवेश गर्नेका लागि पिसिआर परीक्षण गरेको प्रमाण पेश गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।

७२ घन्टाभित्र पिसिआर गरेको रिपोर्ट पेश नगरेमा अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रशासनले जनाएको छ। प्रशासनले क्वारेन्टाइनमा कति दिन बस्नुपर्नेबारे भने केही उल्लेख गरेको छैन। चाडबाडसँगै आवतजावत बढ्ने हुँदा परीक्षण रिपोर्ट अनिवार्य गरिएको प्रशासनले जनाएको छ।

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्नेहरुले पिसिआर रिपोर्ट पेश गर्नुपर्ने भनिएपनि जोखिमपूर्ण जिल्ला र स्थानको जानकारी दिइएको छैन। 
चाडबाडको समयमा भेला भई गरिने सबै कार्य रोक्न प्रशासनले सूचित गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको