हङकङमा आगलागीमा ज्यान गुमाउनेको संख्या कम्तीमा ९४ जना पुग्यो
- Khabar Nirantar
- २०८२ मंसिर १२
हङकङको ताइपोमा रहेको अपार्टमेन्टमा अस्ति बुधबार लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ९४ जनाको ज्यान गएको पुष्टि भएको छ । आगलागीमा ७६ जना घाइते भएका र झन्डै तीन सय जना भन्दा धेरै मानिसहरु हराइरहेका बीबीसीले जनाएको छ ।
आगो सातवटा टावरमा फैलिएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको सरकारी निकायले दाबी गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी भएको घरमा झन्डै चार हजार ६ सय जना मानिस बसेका थिए ।
आगो कसरी शुरू भयो भन्ने बारेमा अझै स्पष्ट भएको छैन । घटनासँग सम्बन्धित तीन वटा निर्माण कम्पनीका कर्मचारीहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्