बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन् ।
चीन जानुअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन् । केही दिनमै नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद पनि खाली हुने भएकाले आजको मन्त्रिपरिषद् बैठकमा यस विषयमा पनि छलफल हुने सम्भावना छ ।
हालका आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् । अब नयाँ आईजीपीका दाबेदारमा अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङ अगाडि छन् । यसैबीच प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

लेखकको सम्वन्धमा