October 18, 2026, Sunday
KN hd tv

इरान वार्तामा नआए थप आक्रमण गर्ने ट्रम्पको चेतावनी, अन्तर्राष्ट्रिय चिन्ता बढ्दै

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्तिको बाटो रोज्न आग्रह गर्दै वार्तामा नआए थप आक्रमण हुने चेतावनी दिएका छन्। विशेष सम्बोधनमार्फत ट्रम्पले इरानमाथिको हालैको आक्रमणलाई शान्ति स्थापनाको प्रयासका रूपमा प्रस्तुत गर्दै वार्ताका लागि ढोका खुला रहेको बताए।

अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्र — फोर्दो, नातान्ज र इस्फहानमा हवाई हमला गरेको पुष्टि गरिएको छ। राष्ट्रपति ट्रम्पका अनुसार इरानका अन्य स्थानहरू पनि निशानामा रहेका छन्।

उनले भने, “इरानले अब शान्तिको मार्ग रोज्नुपर्छ, यदि त्यसो गरेन भने अझ ठूलो क्षति बेहोर्न तयार रहनुपर्छ।”

अमेरिकी आक्रमणप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ। इरानको परमाणु ऊर्जा संगठनले कडा प्रतिक्रिया जनाउँदै आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ। संगठनले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाको आक्रमणको भर्त्सना गर्न र इरानको पक्षमा उभिन आह्वान गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको