October 19, 2026, Monday
KN hd tv

अमेरिका–युक्रेनबीच खनिज साझेदारीमा ऐतिहासिक सम्झौता

काठमाडौं । अमेरिका र युक्रेनबीच युक्रेनको खनिज स्रोत उत्खनन तथा पुनर्निर्माणका लागि बहुप्रतिक्षित सम्झौता सम्पन्न भएको छ। वासिङ्टनमा हस्ताक्षर गरिएको उक्त सम्झौता अनुसार दुबै देशले संयुक्त रूपमा युक्रेनका प्राकृतिक स्रोत उत्खनन गर्ने छन्।

सम्झौताको प्रारम्भिक मस्यौदामा अमेरिकालाई युक्रेनका नयाँ खनिज स्रोतमा प्राथमिक पहुँच दिने व्यवस्था गरिएको छ। यद्यपि, यसले अमेरिकालाई स्वचालित रूपमा खनिज सम्पत्तिको स्वामित्व वा ग्यास संरचनामा अधिकार दिने छैन भन्ने स्पष्ट गरिएको छ।

साथै सम्झौताअनुसार, युक्रेनबाट प्राप्त हुने नयाँ खनिज अनुमति पत्रहरूबाट राज्यलाई प्राप्त हुने नाफा र रोयल्टीको ५० प्रतिशत रकम संयुक्त अमेरिकी–युक्रेनी पुनर्निर्माण कोषमा जानेछ। अमेरिकाले यस सन्दर्भमा दिने नयाँ सैन्य सहायता पनि कोषमा योगदानका रूपमा गणना गरिने छ।

युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलले सम्झौतालाई युक्रेनको विकास र पुनर्निर्माणमा दीर्घकालीन रुपमा सहयोग गर्ने, पारदर्शी र लाभदायक सम्झौता भएको बताएका छन्।

शीर्ष समाचार

धेरै पढिएको