October 19, 2026, Monday
KN hd tv

पाल्पामा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, दुई घाइते

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने चालकसहित दुई जना घाइते भएका छन्।

असारेबाट ठूलोपोखरीतर्फ गइरहेको लु ३ च २३५७ नम्बरको जीप राति करिब १०:१० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए।

दुर्घटनामा जीप चालक २७ वर्षीय रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते भएका छन्। उनीहरूको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको