October 17, 2026, Saturday
KN hd tv

मुख्यमन्त्री कँडेलको निर्देशन : पुँजीगत बजेट कार्यान्वयनमा गति दिनुहोस्

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पुँजीगत बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा उनले बाँकी समयलाई उपयोग गर्दै खर्च प्रगति सुधार गर्नुपर्नेमा जोड दिए।

प्रदेश सरकारले चालु वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखे पनि हालसम्म सोअनुसार प्रगति नदेखिएको कँडेलको भनाइ छ। उनले पछिल्लो समय केही सुधार भएको स्वीकार्दै, अझ प्रभावकारी ढंगमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री कँडेलले पर्याप्त जनशक्ति हुँदाहुँदै पनि अपेक्षित परिणाम नआएकोप्रति चिन्ता व्यक्त गरे। उनले सचिवहरूलाई प्रश्न गर्दै भने, “पहिला जनशक्ति थिएन भनेर काम रोकिएको थियो, अब त जनशक्ति छ—तर परिणाम किन आएन?”

काम चिठी पठाएर मात्र सकिँदैन भन्ने स्पष्ट पार्दै उनले मन्त्रीहरूलाई परम्परागत शैली त्यागेर जनताले अनुभूति गर्ने कार्यक्रम र बजेट निर्माणमा ध्यान दिन आग्रह गरे। अनुशासनका नाममा काम अड्काउने प्रवृत्ति अन्त्य गरी मन्त्रालयहरूले समाधानमुखी ढंगमा काम गर्नुपर्नेमा उनको जोड थियो।

शीर्ष समाचार

धेरै पढिएको