October 17, 2026, Saturday
KN hd tv

पोखरामा अस्पताल विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना विकास कार्यशाला सम्पन्न

प्राविधिक सहयोगमा पोखरामा सञ्चालित दुई दिने अस्पताल विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालका स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको सहभागिता रहेको कार्यशालामा बुर्तिबाङ, मुस्ताङ (जोमसोम), दमौली, पुतलीबजार, लमजुङ, बेनी, चामे (मनाङ), कुस्मा, आमपिपल, मध्यविन्दु, मातृशिशु मितेरी तथा सरुवा रोग अस्पताल (कास्की) समावेश थिए।

कार्यशालामा सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गदर्शनमा हस्पिटल सेफ्टी इनडेक्स प्लस एप प्रयोग गरी आफ्नो अस्पतालको एचडिपिआरपी (Hospital Disaster Preparedness and Response Plan) योजना विकास गरेका थिए। साथै, आपतकालीन अवस्थाका लागि समन्वय, सञ्चार प्रणाली, HEOC सञ्जाल, हब र स्याटेलाइट अस्पतालबीचको सहकार्यलगायत विषयमा विस्तृत जानकारी प्राप्त गरे।

अभ्यासको क्रममा सहभागीहरूले विकसित योजनाको परीक्षण गर्न ‘टेबलटप एक्सरसाइज’ समेत गरेका थिए। यस अभ्यासबाट अस्पताल स्तरमै विपद् व्यवस्थापन योजनाहरू प्रभावकारी बनाउने र कर्मचारीलाई अद्यावधिक गर्दै कार्यान्वयनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न भयो। उनले स्वास्थ्य आपतकालीन अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न पूर्व तयारी योजनाको महत्त्वपूर्ण योगदान रहने बताए। कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशिक्षक डा. विकल श्रेष्ठ र डा. सुवाष न्यौपानेले प्रशिक्षण दिएका थिए।

शीर्ष समाचार

धेरै पढिएको