October 19, 2026, Monday
KN hd tv

अमेरिकामा ट्रम्पविरुद्ध पुनः प्रदर्शन, सबै ५० राज्यमा ‘५०५०१ आन्दोलन’

काठमाडौं : अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला नीतिहरूको विरोधमा हजारौं प्रदर्शनकारीहरू पुनः सडकमा उत्रिएका छन्। शनिबार देशभर गरिएको प्रदर्शनमा ‘किल्मर अब्रेगो गार्सिया’लाई एल साल्भाडोरमा निर्वासन गरिएको निर्णय र सरकारी खर्च कटौती लगायतका नीतिको आलोचना गरिएको बीबीसीले जनाएको छ।

प्रदर्शनलाई ‘५०५०१ आन्दोलन’ नाम दिइएको छ, जसको अर्थ हो— ५० प्रदर्शन, ५० राज्य, १ साझा आन्दोलन। अमेरिकाका सबै ५० राज्यमा एकैसाथ प्रदर्शन गरिएको यो अभियान ट्रम्प प्रशासनविरुद्ध व्यापक असन्तोषको रूपमा देखिएको छ।

ट्रम्पविरुद्धको यो दोस्रो चरणको आन्दोलन हो। यसअघि अप्रिल ५ मा पहिलो चरणको व्यापक प्रदर्शन गरिएको थियो। शनिबारको प्रदर्शनमा ह्वाइट हाउस मात्र नभई टेस्लाका विभिन्न शोरूमहरू समेत घेराबन्दीमा परेका छन्।

ह्वाइट हाउसअगाडि विरोधमा उभिएकी एक महिलाले बोकेको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर।’ प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र सरकारी खर्च घटाउने ‘सरकारी दक्षता विभाग’को नीतिको समेत तीव्र आलोचना गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको