मकवानपुरगढीमा गाडी दुर्घटना : दुई जनाको ज्यान गयो, १३ जना घाइते
- Khabar Nirantar
- २०८२ बैशाख ५
मकवानपुर – मकवानपुरको मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका हुन् ।
गएराति मकवानपुरगढी गाउँपालिका वडा नम्बर –२ धरमपानीको कान्तिलोक पथ सडक खण्डमा बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहटकी ५० वर्षीया निलमदेवी राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
शीर्ष समाचार
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप

प्रतिकृया दिनुहोस्