October 16, 2026, Friday
KN hd tv

नेकपा (एमाले)ले पूर्वराजा शाहको अभिव्यक्तिमाथि प्रश्न उठायो

काठमाडौं – नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले शाहलाई तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्।

“उहाँ (पूर्वराजा शाह) ले फागुन ७ मा मलाई साथ दिनुस् भनेपछि तीनकुने घटना भएको हो,” ज्ञवालीले भने, “उहाँ त्यसको जिम्मा लिनुपर्नेमा जवाफदेही हुनबाट पन्छिनुभयो।”

ज्ञवालीले पूर्वराजाको अभिव्यक्तिमा अहिलेको उपलब्धिलाई पछाडि फर्काउने आशा जीवित रहेको टिप्पणी गरे।

“चैत १५ गते तीनकुनेमा घटेको घटना आपराधिक घटना हो। उहाँले यसलाई जनजागरण भन्नुभयो। जनजागरण भनेको के हो? सर्वसाधारणको घरमा लुटपाट, सरकारी कार्यालयमा विध्वंस भनेको जनजागरण हो?” उनले भने।

ज्ञवालीका अनुसार, यस्ता क्रियाकलाप अस्वीकार्य रहेको भन्दै बैठकले यसलाई खारेज गरेको निर्णय गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको