October 25, 2024, Friday
KN hd tv

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश

काठमाडौं– कारोबाओ कपको अन्तिम १६ मा आर्सनलले लिभरपुललाई पराजित गरेको छ ।

बिहीबार राति भएको लिभरपुल र आर्सनलबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरी हुँदा पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

गोलरहित बराबरी रहेको खेलमा पेनाल्टी सुटआउटमा आर्सनलले लिभरपुललाई  ५–४ गोलले पराजित गरेको हो ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित हुँदा आर्सनलका गोलकिपर बेर्नड लेनोले एक पेनाल्टी बचाएका हुन् ।

लिभरपुललाई पराजित गर्न आर्सनलका जोइ विलकको अन्तिम पेनाल्टी सुटलाई गोलमा परिणत गरेका थिए ।लिभरपुललाई पराजित गरेको आर्सनल क्वाटफाइनल प्रवेश गरेको छ ।

यस्तै, लिभरपुलले सोमबार प्रिमियर लिगमा एस्टोन भिल्लासँग खेल्दैछ भने आर्सनले आइतबार प्रिमियर लिगमै सेफिल्ड युनाइटेडसँग खेल्दैछ ।

शीर्ष समाचार

धेरै पढिएको