खतिवडाको नियुक्तीले नेकपाभित्रको विवाद चुलियो
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयविरुद्ध राजदूत नियुक्त गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टी चुलिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो । सरकारले एकै व्यक्तिलाई पटक-पटक अवसर दिएको भन्दै नेकपाभित्र असन्तुष्टी बाहिर आएको हो ।
गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई पुनः जिम्मेवारी दिएको भन्दै नेकपा नेताले प्रधानमन्त्रीमाथि असन्तुष्टि पोखेका हुन् । आफू निकट रहेका खतिवडालाई प्रधानमन्त्री ओलीले निरन्तर जिम्मेवारी दिँदै आएका छन् ।
नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविरुद्ध निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पद बाँडफाँडकै विषयमा नेकपा आन्तरिक द्वन्द्वमा फसेको अवस्थामा प्रधानमन्त्रीको निर्णय गलत रहेको भन्दै घुमाउरो शैलीमा विरोध गरेका छन् ।
‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि–निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ । देश,जनता र पार्टीहितमा आघात पर्नसक्छ ।जिम्मेवारहरूको ध्यान जाओस्’, उनले भनेका छन् ।
त्यस्तै नेकपाका अकाृ स्थायी कमिटी सदस्यले पनि प्रधानमन्त्री ओलीले पार्टी बैठकको निर्णयअनुसार काम नगरेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस्