December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

नेपाल–भारतसम्बन्ध सुमधुर बनाउनु नै गान्धीप्रतिको सच्चा सम्मान : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बन्धलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लैजानु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानले आज गान्धको १५१औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेका कार्यक्रममा बोल्दै नेता सिंहले दुई देशबिचको सम्बन्ध सुमधुर गर्नुनै गान्धिप्रति सच्चा सम्मान ठहर्ने बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘ नेपाल र भारतको सम्बनधलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेछ ।’ त्यस्तै, उनले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्ति का रुपमा विश्वले गान्धिको स्मरण गर्ने पनि बताए । अत्यन्त चमत्कारिक, असल र ठुलो नेताका रुपमा विश्वले गान्धिलाई चिन्ने गरेको भन्दै उनले गान्धिको वैश्विक आयामका बारेमा चर्चा गरेका थिए ।

सो क्रममा नेता सिंहले ०४२ सालमा सत्याग्रहमा सरिक भएर जेल गएको व्यक्तिको नाताले एउटा सत्याग्रहीका रुपमा गान् धका बारेमा बोल्न पाउनुलाई अवसरका रुपमा लिएको पनि बताए । चरित्र र नैतिकताले ठुलो शक्तिलाई पनि परास्त गर्न सकिन्छ भन्ने उदाहरण गान्धी भएको पनि भन्दै उनले तुलसी मेयर श्रेष्ठकै माध्यमबाट नेपालीका बारेमा गान्धीले जानकारी लिएको बताए । भारतमा स्वतन्त्रता संग्राम आन्दोलनमा लागेका नेताहरुलाई मनको भय हटाउन सक्नुपर्छ भनेर गान्धिले भनेको कुरा आफ्ना पिता गणेशमान सिंहले स्मरण गर्ने गरेको पनि उनले सुनाए । कांग्रेसका संस्थापक नेताहरु गणेशमान सिंह र किसुनजीले १९४७ मा कलकत्ताको बीरला धर्मशालामा गान्धिलाई भेटेका पनि सिंहले स्मरण गरे ।

वीपी कोइराला जेलमा रहेको र क्याान्सरका कारण जीवन धरापमा परेकाले सो क्रममा किसुनजी र गणशमानजीले गान्धीलाई भेटेर वीपीको उपचारका लागि रिहा गर्न पद्म शमशेरलाई चिठि लेखाउनका लागि गान्धिसँग भेट गरेका थिए । डा.राममनोहर लोहियाको सिफारिसमा गान्धीले समय दिएर भेट गरेको र पत्र त लेख्दिउँला कसले लैजान्छ नेपाल ? भनेर गान्धीले सोध्नुभएको र किसुनजीले म लैजान्छु भनेको सन्दर्भ पिताबाट आफुले सुनेको र पिताले आफ्नो पुस्तकमा समेत विस्तृतमा लेखेको पनि उनले बताए ।

गान्धिले आफ्नो पत्र लिएर नेपाल कोही आउनेबारे नेपालमा तार पठाएलगत्तै वीपी कोइराला रिहा भएकाले गानिधले पत्र पठाउनु नपरेको उनले बताए । त्त ०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद त्यागेका गणेशमान सिंहले गान्धीजी बराबर हुनका लागि प्रधानमन्त्रीको पद त्यागेको होइन भनेर भन्ने गर्नुभएको सन्दर्भ पनि सिंहले सुनाए ।

शीर्ष समाचार

धेरै पढिएको