September 29, 2022, Thursday
२०७९ आश्विन १३, बिहीबार
KN hd tv

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार भन्दा बढी

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् ।

यस्तै बुधबार ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २५ हजार १ सय पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको