May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

जबरजस्ती करणी आरोपमा नगरपालिकाका वडा सचिव पक्राउ

महोत्तरी – दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा महोत्तरीको भंगहा नगरपालिका-९ का वडा सचिव मिथिलेश यादव पक्राउ परेका छन्।

मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई पक्राउ गरिएको हो। आरोपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

सोही वडाका एक दलित महिलालाई वडा सचिव यादवले बुधबार साँझ जबरजस्ती करणी गरेको आरोप लागेको छ। बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरी प्रमुख उपरिक्षक केसीको भनाई छ।

‘बलात्कार भए नभएको पुष्टी मेडिकल परीक्षण गरेपछि मात्रै थाहा हुन्छ, अहिले केही भन्न सकिन्न।

शीर्ष समाचार

धेरै पढिएको