October 18, 2026, Sunday
KN hd tv

प्रधानमन्त्री ओली र अमिदा सलैह बीच द्विपक्षीय सहकार्यका विषयमा वार्ता

बैंकक । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहसँग भेट गरेका छन्।

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन बैंककमा रहेका प्रधानमन्त्री ओली र सलैह बीचको भेट होटल साङ्ग्रिलामा भएको हो। भेटका अवसरमा नेपालमा उक्त निकायको सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतीका लागि सहयोगका विषयमा कुराकानी भएको थियो।

शीर्ष समाचार

धेरै पढिएको