June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

उपत्यकामा संक्रमित २४ हजार नाघे

काठमाडौं –उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा ६ सय भन्दा माथिको हाराहारीमा बढिरहेका छन्।

पछिल्लो केही दिन यता बढेको संक्रमित संख्याको ग्राफलाई नियाल्दा कोरोना केन्द्र उपत्यकाका तिनै जिल्ला बनेका छन्। उपत्यकामा हालसम्म संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ। काठमाडौंमा सबैभन्दा बढी संक्रमित रहेका छन्। भक्तपुरमा सबैभन्दा कम संक्रमित २ हजार १ सय २७ छन्। पछिल्लो समय कोरोना नियन्त्रण गर्न तथा कन्टयाक ट्रेसिङ गर्ने सम्पूर्ण काम केन्द्र सरकारले मुलुकभरका स्थानीय तहलाई जिम्मा दिएको छ।

हरेक स्थानीय तहले एक जना स्वास्थ्यकर्मीलाई कोरोना संयोजकत्व खटाएर कोरोना नियन्त्रण तथा परीक्षण र कन्टयाक ट्रेसिङको कार्यलाई तिव्रता दिइरहेका छन्। कोरोना नियन्त्रण गर्नलाई सबैभन्दा बढी चुनौती स्थानीय तहलाई रहेको छ। कन्ट्रयाक ट्रेसिङको काम देखि संक्रमितको पहिचान गर्नेको जिम्मा स्थानीय तहलाई केन्द्रीय सरकारले सुम्पेको छ। स्थानीय तहमा अभिभावकत्वको जिम्मा पाएका नगर प्रमुखहरु महामारीको समयमा यतिखेर नगरवासीलाई ढाडस दिदै हुनुपर्ने थियो।

तर, केही नगर प्रमुखहरु आफै संक्रमित भइ होम आइसोलेसनमा बसेका, केही संक्रमण मुक्त भइ घरमा आराम गर्दैछन् र केही नगर प्रमुखहरु निरन्तर नगर बासीको सेवा र कार्यमा खटिरहेका छन्।   

शीर्ष समाचार

धेरै पढिएको