October 18, 2026, Sunday
KN hd tv

ऊर्जा क्षेत्रमा सहकार्यबारे नेपाल–रसिया छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भयो। मन्त्री खड्काले रसियाले नेपालको जनशक्ति विकासमा पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे।

उनले नेपालले २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य पूरा गर्न रसियाली सहयोग आवश्यक रहेको उल्लेख गरे। साथै, प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रिड र हरित ऊर्जामा रसियाली लगानीका लागि आग्रह गरे।

राजदूत नोभिकभले नेपालका ऊर्जा तथा जलविद्युत् क्षेत्रमा रसियन लगानीकर्ताहरूको चासो रहेको बताए। उनले मन्त्री खड्कालाई रसियामा हुने विभिन्न अन्तर्राष्ट्रिय आर्थिक र ऊर्जा सम्मेलनहरूमा भाग लिन आमन्त्रण गरे।

शीर्ष समाचार

धेरै पढिएको