न्युजिल्यान्डको शानदार जीत, पाकिस्तानविरुद्ध अन्तिम टी–२० मा ८ विकेटको जित
काठमाण्डौ – न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पाँचौं तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल ८ विकेटको फराकिलो जितसहित समाप्त गरेको छ।
पाकिस्तानले दिएको १२९ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर ६० बल अगावै पूरा गर्यो। टिम साइफर्टले नटआउट ९७ रनको उत्कृष्ट इनिङ खेले भने पाकिस्तानका सुफियन मुकुमले २ विकेट लिए।
यसअघि, वेलिङ्टनको स्काई स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो। कप्तान सलमान अघाले सर्वाधिक ५१ रन बनाए भने न्युजिल्यान्डका जेम्स नीशमले ५ विकेट लिए।
यद्यपि, पाँच खेलको टी–२० शृङ्खला पाकिस्तानले ४–१ ले जितेको छ। अब दुवै टोलीबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला आउँदो शनिबारदेखि सुरु हुनेछ।

प्रतिकृया दिनुहोस्