October 17, 2026, Saturday
KN hd tv

प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दै छन्। बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने छन्। साथै, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव समेत पेश गरिनेछ।

संसद् सचिवालयका अनुसार बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव राख्ने कार्यक्रम छ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन्। विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको