October 18, 2026, Sunday
KN hd tv

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीद्वारा मध्यावधि चुनाव घोषणा

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ मा मध्यावधि चुनाव गर्ने घोषणा गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेला प्रधानमन्त्री बनेका कार्नीले शपथ लिएपछि एक हप्तामै चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

चुनावमा लिबरल पार्टीका कार्नी र कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभर आमनेसामने हुने भएका छन्। पूर्वबैंकर कार्नी राजनीतिमा नयाँ भए पनि ४५ वर्षीय पियर अनुभवी नेता मानिन्छन्।

पछिल्ला चुनावी विश्लेषणहरूले दुई प्रमुख पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्। चुनाव घोषणा भएसँगै क्यानडाको संसद् भङ्ग गरिएको छ।

अमेरिकाले व्यापार युद्ध सुरु गरेका बेला र राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१औं अमेरिकी राज्य बनाउने संकेत गरेका बेला क्यानडाका मतदाताले आफ्नो नेतृत्व छान्न लागेका हुन्। यो चुनावमा आवास र आप्रवासन मुख्य मुद्दा हुने अनुमान छ भने देशको भविष्यसँग जोडिएका अस्तित्वका प्रश्नहरू पनि उठ्न थालेका छन्।

शीर्ष समाचार

धेरै पढिएको