November 24, 2020, Tuesday
२०७७ मंसिर १०, बुधबार
KN hd tv

नेकपा नेताका टाउकाबाटै निस्किन सक्छ प्रतिगमन

असोज १४, २०७७

संसदीय चुनावमा जनताबाट पराजित सामान्य नैतिकताको समेत ख्याल नगरी  नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सामान्य नैतिकतालाई समेत बेवास्ता गरेर राष्ट्रियसभामा लान उपल्लो तहका नेता नै लागे। त्यसरी राष्ट्रियसभा प्रवेश गराएर मन्त्री समेत बनाउन चलखेल गरेको देख्ने बुझ्नेले प्रतिगमन  नेकपा नेताका टाउकाबाट नै निस्कन सक्छ भन्ने सहज अनुमान लगाउन थालेका छन।

उपलब्धी र प्राप्ति जति उपल्ला तहका केही नेताका लागि मात्र हो भने परिवर्तनको के अर्थ भयो ? अझ केही समय अघि राष्ट्रियसभामा मनोनित नेतालाई संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने सम्मका सामान्य लोकलाजहीन कुरा बाहिर आएकै हुन्। यसरी हेर्दा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै वरिपरि प्रतिगमन फनफनी घुमिरहेको देखिन्छ।

पार्टी स्थापना गर्न तत्पर पुष्पलालले उहिल्यै भारतीय कम्युनिष्ट पार्टीका एक महत्वपूर्ण नेतालाई  तपाईहरुले सहयोग गर्नु पर्यो भन्दा ती नेताले हेर पुष्प तिम्रो देशका जनता कम्युनिष्ट पार्टीको चाहना गर्छन् भने मात्र पार्टी चलायमान हुन्छ नत्र हुँदैन भनेछन्। यसलाई संझदा अहिले प्रायः उपल्ला तहका नेता नै पार्टी समाप्त पार्ने दिशामा सुक्रिय रहेको आभास हुन्छ। संघीय लोकतान्त्रिक  गणतन्त्र उच्च, नैतिक तथा देश र जनताको हितलाई सर्वोपरि राख्ने व्यवहार, र मान्यता हो। तर यस्ता मूल्यमान्य मान्यतालाई ध्वस्त पार्ने नियतले काम गर्न गराउन उपल्ला तहका नेताहरु नै लागि परेपछि  तिनकै वरिपरि फनफनी प्रतिगमन घुम्न लागेको देखिन्छ। अध्यक्ष प्रचण्डले तीतो सत्य बोल्नुपर्छ र यसमा उचित अडान पनि लिनुपर्छ। पानी पकाएर बाक्लो हुँदैन, त्यसैगरी मान्छेलाई फकाएर मात्र आफ्नो हुँदैन। नीति,विधि र पद्धति प्रतिको अडानले मात्र नेतृत्वको पहिचान हुन्छ भन्ने प्रचण्डले बुझ्नु पर्छ।  मुस्किलले एकपटक मात्र आउने विशिष्ट परिस्थितिजन्य महत्वपूर्ण मौकालाई नेकपाले चुकाउने लक्षण उजागर हुन थालेको छ। नेकपाकै नेताका कारण नेकपा समाप्त हुने कुलक्षण टड्कारो देखिन्छ।

घटना घट्नुभन्दा अघि नै गर्ने आलोचनाको मात्र  महत्व हुन्छ र यस्ता आलोचना पनि  सम्बन्धित तहलाई झस्काउने गरी गर्नुपर्छ भनेर माओले भनेझैँ यो लेख लेख्नु पहिरेको छ।  नेकपाको भावी अध्यक्षका प्रबल दावेदार रहेका प्रचण्ड र प्रधानमन्त्री ओलीलाई तमाम कामको अपजस थुपारेर पानीमाथिको चोखो हुने प्रयत्न अधिकांश स्थायी समितिका नेताहरुले नै  गर्ने निश्चित देखिन्छ।  नेपालको संविधान २०७२ ले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै,समाजवाद उन्मुख नेपाल निर्माण गर्ने लक्ष विपरीत नेताहरु लागि परेका छन्। सत्तारुढ दलका उपल्ला तहका नेताहरु भने सामन्तवादलाई नै बिर्साउने गरी सामान्य नैतिकतालाई पूर्ण बेवास्ता गरिरहेको देखिन्छ। एक अनलाइनमा राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संवैधानिक ठगहरूले राजनीति चोर्दैछन् शीर्षक लेखको सारमा संविधानलाई प्रयोग गरेर राजनीतिलाई ठग नीति, चोर नीति, र डाँका नीतिमा चालु पुस्ताले रुपान्तरण गरेको उल्लेख गरेका छन्। यो पार्टीकै उपल्लो तहलाई समयमै सच्चिन गरेको कठोर संकेत हो। अति गर्नु तर अतिचार नगर्नु भनेझैँ भएपछि सडकमा  अवश्य आक्रोश पोखिन्छ।   अझ लाजमर्दो विषय त स्थायी समितिका नेताहरु एकले अर्कोलाई अर्थ सहित उपप्रधानमन्त्री, र मन्त्री बनाउन  मिडिया बाजी गरी दवाव सिर्जना गरेको देखिन्छ। पार्टीको सचिवालय र स्थायी समितिमा समेत यस्ता चरम विकृति विरुद्ध आवाज उठाउने स्वर अत्यन्त मलिन देखिनु लज्जाजनक रहेको छ। देश र जनताका समस्या भन्दा  नितान्त निजी स्वार्थमा निर्लिप्त नेताका पक्षमा पार्टीका उपल्ला तहका नेताको प्रत्यक्ष वा परोक्ष समर्थन अर्को उदेकको विषय छ। बरु स्थायी समिति सदस्य केशव बडाल र केन्द्रीय सदस्य राजेन्द्र गौतमले उपर्युक्त खालका यस्ता विकृति विरुद्ध आवाज उठाएको  देखिन्छ।

सद्गुणले माथि उठाउँछ अवगुणले तल झार्छ भन्ने सम्मको कटु यथार्थ थाहा नपाउने उपल्ला तहका नेताहरु आफ्ना सामु आफ्नै  व्यक्तित्व विघटित भएको र बाँकी बचेको छवि पनि क्षतविक्षत भएको नदेख्दा उदेक लाग्छ। अनैतिक तथा असंवैधानिक कर्म गरिरहेका नेताको उल्टो भजन कीर्तन  गरिरहेका कतिपय कार्यकर्ता र नेता भोलिका दिनमा मरेपछि जुम्राले पनि साथ छोडे झैँ छाड्ने छन् भन्ने बुझ्नु जरुरी छ। एउटा महान् कार्यको थालनी सानो कामबाट सुरु भएको हुन्छ भने प्रायः विपत्तिहरु स-साना कुराहरूका बेवास्ता गर्नाले जन्मिन्छन्। सदाचार बिना देश अगाडि बढ्नै सक्तैन र प्राप्त उपलब्धि जोगाउन पनि सकिँदैन। जननेता मदन भण्डारीले भनेझैँ उपर्युक्त खालका निर्लज्ज कृत्यले जनताको मन जित्न कदापि सकिन्न। भविष्यमा जोगिन पनि बितेका गल्तीहरूबाट सिक्नु पर्ने जरुरी हुन्छ। जब जब देश  र देशका प्रमुख पार्टीहरू आन्तरिक विवादको भुँमरीमा पर्छन्।  तब तब धमिलो  पानी माछा मार्न उद्यत भएझैँ बाह्य प्रतिक्रियावादी शक्ति  देशभित्र ठूलो विग्रह गराउन भरमग्दुर प्रयत्न गर्छ। राजदरबार भित्रको आन्तरिक विवादमा खेलेर नै विभत्स हत्याकाण्ड भएको हो।    आफूहरु नै पटकपटक राष्ट्रपति समक्ष भेट गर्न अनुरोध गरी शीतल निवास धाउने नेकपाकै कतिपय उपल्ला तहका नेताका कारण राष्ट्रपतिलाई विवादित बनाएको देखिन्छ। संविधानले नै राष्ट्रपतिलाई संविधानको  संरक्षक र पालक भनेपछि  संविधान विपरीतका नियुक्तिमा पुनर्विचार गर्नु पर्ने विषय सार्वजनिक रुपमा उठिरहेको देखिन्छ।

नेकपाकै कतिपय नेताहरु सार्वजनिक रुपमा राष्ट्रपतिलाई  मनोगत आलोचना  गरिरहेको पनि देखिन्छ। कार्ल मार्क्सले राजनैतिक परिवर्तन पछि पनि लामो समय सम्म पुरानै शासक र शासन व्यवस्थाको विचार र संस्कृति उपल्ला तहका नेताहरुमा प्रभावी हुन्छ भने झैँ नेकपाका धेरै नेताहरु यस विषयमा सचेत नहुँदा तिनमा विचार र अभिव्यक्तिमा सामन्तवाद हाबी भएको देखिन्छ। केही उपल्ला तहका नेताले आफ्ना परिवार र खलकका सबै सदस्यलाई राजकीय र राजनीतिक सुविधा दिलाएर आम जनता प्रति वितृष्णा जगाएको जग जाहेर छ । यसरी नेकपाप्रति जनताको चरम निराशा र  वितृष्णा उत्पन्न भएको देखिन्छ । यसको अन्तिम परिणाम प्रतिगमन बाहेक अरु हुदैन । बरु प्रतिपक्षको बोली बोलेर दुनियाँ हँसाउँछन्।

कतै सकारात्मक चर्चा गरिहाले पनि  तर, तथापि, परन्तु भन्दै निरपेक्ष मूल्याङ्कन गर्दै आफ्नै प्राप्ति उपलब्धिलाई परोक्ष रुपमा खिज्याइरहेका छन्।   तिनले  सरकारले अढाइ वर्षको यो अवधिमा भूकम्प पीडित लगायत आवासहरू नेपाली सेनाले समेत निर्माण गरेर जम्मा  ५ लाख घरहरु जनतालाई हस्तान्तरण गरेको उल्लेख गर्नै चाहँदैनन्। संविधानलाई सर्वसम्मत बनाएको र यस अनुसार सरकार सक्रिय रहेको तिनले खासै उल्लेख गर्दैनन्। यसको कुप्रभाव बुद्धिजीवी, युवा, विद्यार्थी लेखक तथा कलाकर्मी लगायत पार्टीका  मोर्चा संगठनमा व्यापक रुपमा  परेको देखिन्छ।  बरु तिनले कतिपय मिडियाका नियोजित दुष्प्रचारका भरमा परेर सरकारको एकोहोरो अद्वन्द्ववादी आलोचना गरिरहेको दयनीय अवस्था देखिन्छ। सरकारलाई दृढताका साथ समर्थन र नकारलाई कठोर रुपमा आलोचना हुँदा मात्र सही ठाउँमा पुगिन्छ। लेखक सुधीर शर्माले एक लेखमार्फत नेपाल स्थित भारतीय राजदूत रञ्जित रायले विदाइका बेला पत्रकारहरूसित को सामूहिक भेटघाट र भोजमा  प्रत्येक दश वर्षमाझैँ आगामी दश वर्षमा नेपाल कहाँ पुग्ला भनेर बारबार उल्लेख गरेको विषयमा आशंका गरेका थिए।  सो लेख अनुसार राजदूतको मनसाय प्रत्येक दश वर्षमा नेपाल अस्थिर, ओरालो र भिरालो तिर उन्मुख भइरहेको परिप्रेक्षमा अब आगामी दश वर्षमा कति तल झर्ला भन्ने रायको दुराशयपूर्ण  अभिव्यक्ति हो र यो समग्र  प्रतिक्रियावादी पश्चिमा शक्तिको मनसाय रहेको देखिन्छ।  नेपालका हरेक प्रमुख पार्टीको अन्तरिक जीवनमा विवाद चर्कियो भने त्यसैमा खेलेर वितण्डा मच्चाउने खेल विगतदेखि नै भएको देखिन्छ। नेकपाको हालै सम्पन्न स्थायी समितिमा उत्पन्न विवाद धन्न पार्टी विभाजन हुन गर्नबाट बच्नसक्यो। अझ त्यतिबेला पार्टी र सरकारका स-साना पनि कमजोरी हुन अलिकति पनि फोहोर जम्यो भने झिँगा मच्छड भन्किएर महामारी ल्याउन सक्छन्। बिना निहुँ नै निहुँ खोज्न उद्यत रहेको पनि देखिन्छ। सरकार र सरकारी निकायले भुइँ तहको संवेदनशील यथार्थलाई राम्ररी ख्यालै नगरी माथिल्लो तहको आदेश, निर्देश र नियन्त्रणकै भरमा पर्दा  पनि गुठी विधेयक बिरुद्धको आन्दोलन, कुलमान घिसिङ आन्दोलन जस्ता कुरा चर्किन गएको देखिन्छ।  सरकारका सकारात्मक, सही  कामको उल्लेख गर्ने  र भुइँ तहमा छरिएका कतिपय भ्रमलाई निस्तेज गर्ने सरकारको प्रभावकारी  मुखै नभए झैँ जस्तो टिठ लाग्दो अवस्था देखिन्छ। भन्न चाहिँ प्रतिभा, क्षमता र बौद्धिकताको फूलबारी भन्ने पार्टीमा भुइँतहमा छरिएका तमाम भ्रमहरु निस्तेज गर्ने मुखहरु देखिँदैनन्। 

केही उपल्ला तहका नेताले आफ्ना परिवार र खलकका सबै सदस्यलाई राजकीय र राजनीतिक सुविधा दिलाएर आम जनता प्रति वितृष्णा जगाएको जग जाहेर छ । यसरी नेकपाप्रति जनताको चरम निराशा र  वितृष्णा उत्पन्न भएको देखिन्छ । यसको अन्तिम परिणाम प्रतिगमन बाहेक अरु हुदैन । नेपाल नेपालीको सर्वोपरि हितलाई ख्याल राखेर संशोधन सहित एमसीसी प्रकरणमा राम्ररी ध्यान दिन सकिएन भने भोलिका दिनमा अर्को समस्या सडकमा उर्लिने देखिन्छ। यसमा जसले आर्थिक सहायता दिन्छु भनेको छ। उही आफैँ धामी र बोक्सी बनेर बिथोल्न नआउँला भन्नै सकिन्न। तसर्थ परिवर्तित राजनैतिक परिस्थिति अनुसार देश,जनता र जनजीविका कामलाई महत्व दिदै होसियारी, इमान्दारी तथा सचेतताका साथ नेकपा र यसले नेतृत्व गरेको दुईतिहाइ नजिकको सरकार प्रभावकारी रुपमा चल्नुपर्छ। आफू भित्रका प्रतिगामी सोच, समझ र संस्कारका कारण प्राप्त उपलब्धि जोगाउन सकिन्न भन्ने कुरा मूलत पार्टीका कार्यकारी अध्यक्षलाई बेलैमा थाहा हुनु आवश्यक छ।source:thahakhaba


शीर्ष समाचार

धेरै पढिएको