उपत्यकामा आज थप ९३४ जनामा कोरोना पुष्टि
काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन् ।
काठमाण्डु उपत्यकामा यो संख्या हालसम्मकै उच्च हो । नेपालमा आज कूल १५ सय १३ जना कोरोना संक्रमित फेला परेका छन् । कूल संक्रमितको ६० प्रतिशत कोरोना संक्रमित काठमाण्डु उपत्यकामा फेला परेका हुन् ।
यस्तै सोमबार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २३ हजार २ सय ५५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्