स्याङ्जामा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, दुई जना घाइते
- Khabar Nirantar
- २०७७ आश्विन १३
स्याङ्जा – स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
वालिङ ११ पेखुको पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । माटोले पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा ज्यान गएको हो ।
घाइते भएपछि थापालाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो । माटोले पुरिएर घाइते भएका ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको उपचार भइरहेको छ ।
मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
शीर्ष समाचार
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रतिकृया दिनुहोस्