June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

उडान संख्या बढाउन गैरआवासीय संघको आग्रह

काठमाडौं : गैरआवासीय नेपाली संघको दुई दिने आठौं एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा २५ देशका २ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो।

‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकिकरण र रोजगार’ विषयमा कैन्द्रित भएको थियो। भेलाले हाल विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड(१९)का कारण एशिया प्रशान्त क्षेत्रका मुलुक तथा खाडी मुलुक लगायत विभिन्न मुलुकमा रहेका नेपालीलाई सहज बनाइ स्वदेश फर्काउनको लागि हवाई उडान वृद्धि गर्न माग गरिएको छ। एशिया प्रशान्त क्षेत्रका मुलुक तथा खाडि लगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमीमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले गर्दा विदेशमै रोकिएकाको बिना शर्त वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निशुल्क उद्धार गर्न भनिएको छ। 

वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनः एकीकरण र रोजगारका लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच स्वदेशमै रोजगार सृजना गर्न सहकार्य गर्न संघले सघाउने भएको छ। परम्परागत वैदेशिक रोजगारीका रुपमा हाल रहेका गन्तब्य मुलुक बाहेक आकर्षक गन्तव्य मुलुक पहिचान गरि उक्त देशहरुमा वैदेशिक रोजगार प्रवर्द्धन गर्न सुझाएको छ। त्यस्तै भेलाले मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कायम गर्नका लागि सामाजिक सुरक्षाकोषको ग्यारेण्टी गर्न माग गरिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको