October 19, 2026, Monday
KN hd tv

अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छाैँ : क्यानडाका भावी प्रधानमन्त्री

क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा मार्क कार्नीलाई भारी मतले निर्वाचित गरेपछि ५९ वर्षीय कार्नीले यस्तो प्रतिबद्धता जनाउनुभएको बीबीसीले जनाएको छ ।

क्यानडा तथा बेलायतका केन्द्रीय बैंकको पूर्वगभर्नर रहिसकेका कार्नीले आफूहरूले लडाइँका लागि आग्रह नगरेको तर जब अरू कसैले हात हाल्छ भने क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुने ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भन्नुभयो । त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगर्न र हकीमा जस्तै व्यापार युद्धमा पनि क्यानडाले जित्ने उहाँको भनाइ छ । भर्खरै अमेरिकासँगको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै कार्नीले भन्नुभयो ।

आफ्नो विजय भाषणमा उहाँले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको उल्लेख गर्नुभयो । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाइदिने बताउँदै आउनुभएको छ ।

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै कार्नीले क्यानडाविरूद्धको आक्रमणमा ट्रम्पलाई सफल हुन नदिने बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको