October 17, 2026, Saturday
KN hd tv

उखु अभावले महोत्तरीको एभरेष्ट चिनी उद्योग संकटमा

महोत्तरी – फागुनमै उखु अभाव भएपछि महोत्तरीको एभरेष्ट चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ। उखु नपाएर सर्लाहीको महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योगले यस सिजनको क्रसिङ बन्द गरिसकेका छन् भने इन्दुशङ्कर चिनी उद्योगले पनि भोलिदेखि क्रसिङ रोक्ने जनाएको छ।

एक दशकअघि महोत्तरीमा १५ हजार बिघाभन्दा बढी जमिनमा उखु खेती हुँदै आएकोमा हाल यो झरेर आठ हजार बिघामा सीमित भएको छ। किसानले उखु आफैं पेल्न थालेका र सरकारले न्यूनतम मूल्य कम तोक्दा उद्योगलाई उखु आपूर्ति घटेको छ। साथै, सरकारले उखु किसानलाई दिने अनुदान समयमा नपुगेका कारण किसान उद्योगलाई उखु बेच्न अनिच्छुक देखिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको