October 19, 2026, Monday
KN hd tv

तनहुँमा मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता बालकृष्ण पौडेलको मृत्यु

दमौली (तनहुँ) । तनहुँमा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ।

शनिबार राति पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा भएको दुर्घटनामा ५२ वर्षीय पौडेल गम्भीर घाइते भएका थिए। पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि जीपी कोइराला अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।

शीर्ष समाचार

धेरै पढिएको