October 19, 2026, Monday
KN hd tv

पाकिस्तानी ब्याटर सउद शकील बने प्रथम श्रेणी क्रिकेटमा टाइम आउट हुने सातौं खेलाडी

पाकिस्तानका ब्याटर सउद शकील प्रथम श्रेणी क्रिकेटमा टाइम आउट हुने सातौं खेलाडी बनेका छन् । यस्तै शकील पाकिस्तान क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बनेका छन् ।

पाकिस्तानको प्रथम श्रेणी घरेलु प्रतियोगिता ‘प्रेसिडेन्ट ट्रफी’ क्रिकेटको फाइनलको दोस्रो दिन स्टेट बैंक अफ पाकिस्तानका टोलीका खेलाडी शकील पाँचौं नम्बरमा ब्याटिङ गर्न जानुपर्ने थियो । तर टोलीले २ बलमा २ विकेट गुमाएपछि शकील तयार थिएनन् । उनी ब्याटिङ गर्न क्रिजमा पुगेपछि पीटीभीका कप्तान बटले अपील गरेपछि अम्पायरले ३ मिनेटभित्र तयार नभएका कारण शकीललाई टाइम आउट दिए ।

टाइम आउटको पछिल्लो घटना सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा भएको थियो । बङ्गलादेशसँगको खेलमा श्रीलङ्काका एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइम आउट हुने पहिलो खेलाडी बनेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको