गाजा पुनर्निर्माणका लागि अरब राष्ट्रहरूको ५३ अर्ब डलरको योजना
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनालाई अस्वीकार गर्दै अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै योजना स्वीकृत गरेका छन्।
ट्रम्पले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र करिब २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्ताव गर्नुभएको थियो, जुन अरब राष्ट्रहरूले पूर्ण रूपमा अस्वीकार गरेको बीबीसीले जनाएको छ।
अरब लिगका महासचिव अहम अबुल घैथले अरब योजना घोषणा गर्दा कुनै पनि प्रकारको स्वैच्छिक वा जबरजस्ती विस्थापन अस्वीकार गर्ने अडान दोहोर्याउनुभएको छ।
इजिप्टले प्रस्तुत गरेको ९१-पृष्ठको विस्तृत योजनामा हरियो क्षेत्र र ठूला सार्वजनिक भवनहरूको निर्माण योजना समावेश छ। संयुक्त राष्ट्रसङ्घका अनुसार डेढ वर्ष लामो हमास–इजरायल युद्धका कारण गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक संरचना ध्वस्त भएका छन्।

प्रतिकृया दिनुहोस्