October 19, 2026, Monday
KN hd tv

हमासले प्रस्ताव अस्वीकार गरेपछि इजरायलले गाजामा सहायता रोक्यो

नयाँदिल्ली – इजरायलले गाजामा मानवीय सहायता सामग्रीको प्रवेशमा रोक लगाएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार यो निर्णय हमासले युद्धविराम सम्झौताको पहिलो चरण लम्ब्याउने अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावअनुसार रमजान र यहूदीहरूको निस्तार चाडका लागि युद्धविराम ६ हप्ता बढाउने योजना थियो। इजरायलले केही घण्टाअघि मात्र यसलाई समर्थन गरेको थियो।

तर हमासले वार्ता पूरा गर्नुपर्ने र विद्यमान सम्झौताको दोस्रो चरण कार्यान्वयन गर्नुपर्ने भन्दै प्रस्ताव अस्वीकार गरेको छ।

गाजा युद्धविराम सम्झौताको पहिलो चरण जनवरी १९ देखि लागू भएको थियो, जुन शनिबार समाप्त भयो।

हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेको थियो, जसमा झन्डै १,२०० मानिस मारिए र २५१ जनालाई बन्धक बनाइएको थियो।

शीर्ष समाचार

धेरै पढिएको