October 18, 2026, Sunday
KN hd tv

अनसनरत डा गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं- अनसनरत डा गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। कतिपय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको भए पनि उपस्थित अन्यले डा केसीको पक्षमा नारा लगाएका छन्।

प्रदर्शनकारीले ‘डा गोविन्द केसीको माग पूरा गर’, ‘डा गोविन्द केसीको जीवनरक्षा गर’, ‘तानाशाहीतन्त्र मुर्दावाद’, ‘डा केसीको अनसन, माफियालाई टेन्सन’ लगायतका नारा लगाउनका साथै प्लेकार्ड पनि बोकेका छन्।

विभिन्न ६ वटा माग राखेर डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए। उनी अहिले काठमाडौं आएर अनसनलाई निरन्तरता दिइरहेका छन्। तर सरकारले उनीसँग वार्ताको कुनै पहल गरेको छैन।

शीर्ष समाचार

धेरै पढिएको