March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

अफगानी मजदुरकी छोरीले टपिन् विश्वविद्यालय प्रवेश परीक्षा

काबुल- कोइला खानीमा काम गर्ने मजदुरकी छोरी साम्सिया अलिजादाले अफगान विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गरेकी छन्। १ लाख ७० हजारभन्दा बढी प्रतिस्पर्धी विद्यार्थीलाई पछि पार्दै १८ वर्षीया साम्सिया अलिजादाले सर्वाधिक अंक प्राप्त गरेको त्यहाँको शिक्षा मन्त्रालयले उल्लेख गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ। अब उनी काबुल मेडिकल युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गर्ने भएकी छन्। 

अफगानी सरकारले तालिबानी इस्लामिक सैन्य समूहसँग वार्ता गरिरहेको समयमा सन् १९९७ देखि २००१ बालिकाहरूलाई विद्यालय जान बन्देज लगाइएको थियो। त्यसका लगत्तैका वर्षमा औपचारिक शिक्षा थालेकी अलिजादाले सन् २०२० को विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गर्न सफल भएकी हुन्।

अलिजादका अनुसार उनका बुबाले देशको उत्तरी क्षेत्रमा पर्ने कोइलाखानीमा मजदुरी काम गर्छन्। तर छोरीको शिक्षामा असर नपरोस् भनेर उनले आफ्नो परिवारलाई राजधानी काबुल सारेका थिए। 

अलिजादाले आफ्नो पढाइमा प्रतिकूल राजनीतिक अवस्थालाई प्रवेश गर्न दिइनन्। ‘तालिबानको कमब्याक होला कि भनेर मलाई डर त लाग्थ्यो। तर म हिम्मत हार्न चाहन्नथेँ। किनभने मेरा सपना डरभन्दा धेरै ठूला थिए।’

‘मलाई यो स्थानसम्म ल्याइपुर्‍याउने मरो परिवारप्रतिको जिम्मेवारी पनि बोध गरेकी छु। डाक्टर बनेर जनताको सेवा गर्ने सपना बुनेकी छु,’ घरमै रहेकी अलिजादाले रोयटर्ससँगको फोन सम्पर्कमा भनेकी छन्। 

शीर्ष समाचार

धेरै पढिएको