October 16, 2026, Friday
KN hd tv

कञ्चनपुरमा नक्कली परीक्षार्थीसहित तीन जना पक्राउ

कञ्चनपुर, महेन्द्रनगर – कञ्चनपुरको यातायात व्यवस्था कार्यालयले शनिबार सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिरी गरेर परीक्षा दिएका भीमदत्त नगरपालिका–६ का अमरसिंह धामी रहेका छन्।

प्रहरी निरीक्षक जमुना जोशीका अनुसार, सुवास डगौराले अस्मित डगौराको नाममा परीक्षा दिन लगाएका थिए। साथै, अमरसिंह धामीले अरु दुई जनाको हाजिरी गरेर परीक्षा दिएका थिए। उनीहरूको हाजिरीमा फर्जीवाडा भएको तथ्य पुष्टि भइसकेपछि कञ्चनपुर प्रहरीले तिनै जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ।

पक्राउ परेकाहरूलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ, र अनुसन्धान पूरा भएपछि उनीहरूलाई कुन शीर्षकमा मुद्दा लाग्ने निर्णय गरिने बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको