September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु

धादिङ– फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुत्केरीलाई लिएर धादिङबेंसी जाँदै गरेको बा १ज १२६२ नम्बरको ट्याक्सी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट खस्दा सुत्केरीका आफन्तको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेकी छिन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ का अनुसार झण्डै १५० मिटर तल खसेर ट्याक्सी थोपलखोला खेतमा पुगेको छ । उक्त स्थानमा गत साउन ५ को अविरल वर्षाले पहिरो गएको थियो ।

एकतर्फी रुपमा सञ्चालन भैरहेको उक्त जोखिमपूर्ण स्थानमा पहिरो छिचोलेर सवारी चल्ने गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको