June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

नेपालमा सबैभन्दा बढी प्रदेश-२ मा कोरोना संक्रमण र मृत्युदर उच्च

जनकपुरधाम – नेपालमा कोरोनाको (कोभिड-१९) संक्रमण प्रकोप सुरु भएदेखि नै प्रदेश २ उच्च जोखिममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचकले समेत प्रदेश २ उच्च जोखिममा रहेको देखाउँछ। संक्रमण र मृत्युदरले प्रदेश २ को अवस्थालाई जोखिम प्रदेशको चित्रण गर्छ। बिहीबारसम्म देशभरी ४ सय ५३ जनाको कोरोनाले मृत्यु भएको छ।

जसमध्ये प्रदेश २ का मात्र १ सय २४ जना छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ का आठै जिल्लालाई ‘रेड जोन’मा राखेको थियो। देशभर कुल रेड जोनमा रहेका जिल्लाको संख्या ११ मध्ये ८ जिल्ला प्रदेश २ मै थिए। अहिलेलाई सबै जिल्ला रेडजोन बाहिर रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए। मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै आएको छ।

कोभिड-१९ को संक्रमणबाट भएको मृत्युको करिब २८ प्रतिशत प्रदेश २ मा रेकर्ड गरिएको छ। देशभरि कोभिड-१९ ले हुने मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेपनि प्रदेश २ मा मृत्युदर करिब १ प्रतिशतको हाराहारीमा छ। यो अझै बढ्ने अनुमान गरिएको छ। यी तथ्याङकहरुलाई केलाएर हेर्दा जिल्लागत रुपमा प्रदेश २ कै अवस्था अत्यन्तै चिन्ताजनक देखिन्छ। प्रदेश २ मा सबैभन्दा बढी पर्सामा २४ सय ७०, सर्लाही १८ सय ६६, धनुषा १८ सय ८३, रौतहट १८५०, महोत्तरी, १४ सय १७, बारा १२ सय ४२, सप्तरी, ११ सय ९० र सिरहामा ११ सय ६१ संक्रमित रहेका छन्।  

प्रदेश २ मा कोभिड-१९ को जोखिम उच्च हुनुको कारण खुला सीमा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा लापरवाही तथा कमजोर स्वास्थ्य पूर्वाधार रहेको चिकित्सक डा. अजय झा बताउछन्। 

शीर्ष समाचार

धेरै पढिएको