रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबको पहल
रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार छिट्टै वरिष्ठ अधिकारीहरू साउदी अरब पुगेर रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्नेछन्।
यसअघि पनि साउदी अरबले इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच गाजा युद्धविरामका लागि मध्यस्थता गरेको थियो।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँग भेट गर्दै युक्रेनका लागि ‘सुरक्षा ग्यारेन्टी’ माग गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, रुससँग युद्धविराम सम्झौतासम्बन्धी छलफलका क्रममा जेलेन्स्कीले उक्त माग अघि सारेका हुन्। अमेरिकी उपराष्ट्रपति भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा उनले तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

लेखकको सम्वन्धमा