October 19, 2026, Monday
KN hd tv

दक्षिण कोरियाको बुसानमा होटल निर्माणस्थलमा आगलागी, ६ जनाको मृत्यु

बुसान । दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । ‘बनयान ट्री होटल’ मा बिहान लागेको आगो झन्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगलागी हुँदा झन्डै १०० जना कामदार होटल परिसरमै रहेको बताइएको छ । अग्नि नियन्त्रण विभागका अनुसार इन्सुलेसन सामग्री भण्डारण गरिएको निर्माण स्थलको पहिलो तल्लाबाट आगो सुरु भएको आशंका गरिएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले उद्धार कार्यलाई तीव्र बनाउन तथा थप क्षति हुन नदिन सुरक्षाका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको