October 19, 2026, Monday
KN hd tv

ट्रम्प–पुटिन वार्ता : युक्रेन युद्ध अन्त्यबारे छलफल, भेटको आशा

न्युयोर्क, फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै भेट हुने आशा व्यक्त गरेका छन्। दुवै नेताबीच युक्रेन युद्ध अन्त्यबारे टेलिफोन वार्ता भएको थियो, जसपछि ट्रम्पले साउदी अरेबियामा पुटिनसँग भेट हुन सक्ने बताएका हुन्।

क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभका अनुसार दुवै नेताले एकअर्काको देश भ्रमण गर्ने चाहना व्यक्त गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि अमेरिकी समकक्षीसँग एक घण्टा लामो फोन वार्ता भएको बताएका छन्।

तीन वर्षअघि रुसले पूर्ण शक्ति प्रयोग गर्दै युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसयता चार हजार वर्ग किलोमिटरभन्दा बढी भूमि रुसको नियन्त्रणमा पुगेको छ। युद्धका कारण दुवै देशले हजारौँ नागरिक र सैनिक गुमाइसकेका छन्।

सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया नियन्त्रणमा लिएको थियो। पछिल्लो आक्रमणमा लुहान्स्क र डोनेत्स्कसम्म पुगेर कब्जा जमाएको थियो। अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले ‘सन् २०१४ को सीमामा फर्किनु युक्रेनका लागि असम्भव’ बताइसकेका छन्। ट्रम्पले रुसले केही भूमि फिर्ता गर्ने गरी युद्धविराम हुन सक्ने संकेत गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको