September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

आज देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । काठमाण्डु उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार रातभरि लगातार पानी परेको मौसमविद शान्ति कँडेलले बताइन्।

‘देशका अधिकांश स्थानमा पानी पर्ने र रोकिने क्रम रातभर नै चलेको हो । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । केही स्थानमा ठूलो पानी समेत परेको छ ।’

भारतको छत्तिसगडको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र अहिले पश्चिम–उत्तरपश्चिम तर्फ सरिरहेको छ र नेपाल नजिक आउने क्रममा छ । सोही कारण मौसम बदली भइ पानी परेको हो ।’

बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको