October 18, 2026, Sunday
KN hd tv

त्रिदेशीय टी–२०: नेपाल र नेदरल्यान्ड्स आज प्रतिस्पर्धा गर्दै

काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ।

नेपालले अहिलेसम्म खेलेका चारै खेलमा पराजय बेहोरेको छ। हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भयो। यसअघि नेपाल नेदरल्यान्ड्ससँग दुई पटक र थाइल्यान्डसँग एक पटक हारेको थियो।

थाइल्यान्ड चार खेल जित्दै ८ अङ्कसहित शीर्ष स्थानमा छ, भने नेदरल्यान्ड्स ४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। नेपाल भने अहिलेसम्म अङ्कविहीन छ र तालिकाको पुछारमा रहेको छ। शृङ्खलामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ।

शीर्ष समाचार

धेरै पढिएको