राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पको चेतावनीको जवाफ दिनुभयो
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिनुभएको छ। ट्रम्पले दक्षिण अफ्रिकामा अमेरिकी नागरिकलाई नराम्रो व्यवहार गर्दै मानव अधिकार उल्लङ्घन भइरहेको आरोप लगाएका थिए, जसलाई राष्ट्रपति रामाफोसाले अस्वीकार गर्नुभएको छ।
ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानको सामूहिक हत्या र जग्गा कब्जा भइरहेको दाबी गरेका थिए, तर राष्ट्रपति रामाफोसाले यसलाई खण्डन गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा दक्षिण अफ्रिका लोकतान्त्रिक देश भएको र यहाँ कानूनको शासन, न्याय र समानता भएको उल्लेख गर्नुभएको छ।
सिरिल रामाफोसाले भूमि सुधार र द्विपक्षीय हितका मुद्दामा ट्रम्प प्रशासनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। साथै, उहाँले अफ्रिकालाई एचआईभी/एड्स राहत कार्यक्रम बाहेक अमेरिकी सहायता महत्त्वपूर्ण नदिएको दाबी पनि गर्नुभएको छ।
यसअघि ट्रम्पले चेतावनी दिएका थिए कि यदि दक्षिण अफ्रिकामा गोरा किसानहरूको सामूहिक हत्या र जग्गा कब्जाको विषयमा पूर्ण अनुसन्धान नगरेको खण्डमा भविष्यमा हुने सबै अमेरिकी सहायता कटौती गरिनेछ।

प्रतिकृया दिनुहोस्